अमेरिकाबाट भोलि एकलाख मात्रा फाइजर खोप आउँदै

आइतबार, कात्तिक ७, २०७८

काठमाडौँ ।  संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।
‘सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ’, यहाँस्थित अमेरिकी दूतावासले ट्वीट गर्दै जानकारी दिएको छ । यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १६:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार