भेन्टिलेटरमा राख्नुअघि सङ्क्रमित जोडीले गरे अस्पतालमै विवाह

आइतबार, माघ ११, २०७७

लण्डन । कोभिड–१९ बाट सङ्क्रमित भएका कारण अस्पताल पु¥याइएका एक जोडीले पुरुषलाई बेहोस बनाई भेन्टिलेटरमा राखिनुअघि विवाह गरेका छन् । ३१ वर्षकी एलिजाबेथ कर र ३६ वर्षका साइमन ओ ब्रायनको श्वासप्रश्वासमा समस्या देखिएसँगै जनवरी ९ तारिखमा यूकेस्थित मिल्टन कीन्स युनिभर्सिटी अस्पताल पु¥याइएको थियो । अस्पताल भर्ना गरिएका पुरुषको अवस्था बिग्रँदै गएपछि त्यहाँका कर्मचारीहरूले विवाहको प्रबन्ध मिलाएका थिए । वैवाहिक कार्यक्रम सम्पन्न नहुँदासम्म उनीहरूले ओ ब्रायनलाई एउटा ट्युबबाट सास फेर्न सहज पारिदिएका थिए । उक्त दम्पती हाल निको हुने क्रममा छ । पेसाले नर्स कर र ओ ब्रायनले आगामी जुन महिनामा विवाह गर्ने योजना बनाएका थिए । तर उनीहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएसँगै अक्सिजनको तह निकै कम पुगेपछि अस्पताल दौडाइएको थियो । सुरुमा उनीहरूलाई फरक वार्डमा राखिएको थियो । तर करले नर्स हाना क्याननलाई आफूहरूको विवाह गर्ने योजना सुनाएपछि ती नर्सले अस्पतालमा विवाह गर्ने विषयमा सोधेकी थिइन् । करका अनुसार उनलाई विवाह गर्ने यो नै अन्तिम मौका हुनसक्ने बताइएको थियो । ‘यी त्यस्ता शब्द हुन जुन म फेरि कहिल्यै सुन्न चाहन्न’ उनले भनिन ।‘उनीहरूले हामीले भित्र लुगा लगाइरहेका छौँ कि छैनौँ भनेर सोधे’ अस्पतालका स्वास्थ्यकर्मीले भने ।‘मलाई काकी तथा हजुरआमाले बिहे गर्न दबाव दिए’ करे भनिन् । अस्पतालका कर्मचारीहरूले विवाहका लागि आवश्यक अनुमति लिने प्रयास गरिरहेका बेला ओ ब्रायनको अवस्था थप बिग्रियो र जनवरी १२ तारिखमा उनलाई भेन्टिलेटरमा राख्नका लागि आईसीयूमा लगियो । ‘हामी सबै मिलेर उनीहरूको विवाह गरायौँ । उनीहरूले चाहे जस्तो विवाह यो नहुन सक्छ तर पक्कै पनि यो केही हदसम्म सकारात्मक, असाधारण अनि स्मरणीय हुन सक्छ’ क्याननले भनिन् । परिवारका सदस्य अनि साथीहरूका लागि उनले विवाह समारोहको भिडिओ कैद गरिन् । अस्पतालमा खानपानको प्रबन्ध गर्ने कर्मचारीहरूले केकको व्यवस्था गरे । विवाह सम्पन्न भएको केही समयपछि नै ओ ब्रायनलाई भेन्टिलेटरमा राखियो । हाल उक्त दम्पती एउटै वार्डमा छ । विवाह भएपछि पहिलोपटक चुम्बन गर्न सफल भएको छ । करले विवाह हुनु आफूहरूका लागि ‘सम्पूर्ण कुरा’ रहेको बताएकी छन् । ‘हामी एक अर्कासँगै नभएको भए र हामीलाई विवाह गर्ने मौका नदिइएको भए मलाई लाग्दैन कि हामी दुवै यहाँ सँगै हुने थियौँ’, उनले थपिन् ।–बीबीसी 

प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  ०६:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार