एस्टन भिल्लामाथि आर्सनलको सहज जित

शनिबार, कात्तिक ६, २०७८

काठमाडौं :  इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले एस्टन भिल्लामाथी सहज जित निकालेको छ । शुक्रबार राति घरेलु मैदानमा आर्सनलले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको हो ।

आर्सनलको सहज जितमा थोमस पार्टी, पिएरे इमरिक औवामियाङ र इमिल स्मिथ रोवीले गोल गरे । एस्टन भिल्लाका ज्याकोव राम्सेले १ गोल फर्काए ।

यो जितपछि आर्सनल ९ खेलबाट १४ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ । पराजित भिल्ला १० अंक जोडेर १३औँ स्थानमा छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  ०७:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार