भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

आइतबार, माघ ११, २०७७

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमण निको हुने बिरामीको दर ९६.८२ प्रतिशत रहेको संघीय स्वास्थ्य मन्त्रालयले बताएको छ । अहिलेसम्म भारतमा कूल एक करोड तीन लाख ८३८ कोभिड–१९ सङ्क्रमित बिरामी निको भई घर फर्किएका छन् भने एक लाख ८५ हजार ६६२ विरामी स्वास्थ्यकर्मीको निगरानीमा छन् । कोभिड–१९ सङ्क्रमित निको भई घर फर्किने क्रम निरन्तर बढिरहेकोले देशमा सक्रिय सङ्क्रमितका सङ्ख्यामा पनि कमी आएको छ । भारतभर विगत २४ घण्टामा सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या १४ हजार २५६ छ । यो अवधिमा निको भई घर फर्किने विरामीको सङ्ख्या १७ हजार १३० रहेको छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  ०४:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार