बेलायतमा कोराना संक्रमण तीब्र

दैनिक संक्रमण एक लाख पुग्ने सरकारी आँकलन   
बिहीबार, कात्तिक ४, २०७८

लण्डन :  बेलायतमा पछिल्लो साता कोरोना भाइरसकाे संक्रमण तीब्र रुपमा बढेकाे छ । कोरोना संक्रमण बढेपछि बेलायत सरकारले प्रत्येक हप्ता ‘र्‍यापिड टेष्ट’ गर्न आग्रह गरेको छ । 

सरकारले दैनिक एक लाख भन्दा बढी कोरोना संक्रमित पुग्नसक्ने अनुमान गरेको छ  । स्वास्थ्यमन्त्री साजिद जाविदले बुधबार साँझको एक पत्रकार सम्मेलनमा दैनिक संक्रमित संख्या एक लाखसम्म पुग्ने  बताएका हुन् । 

विगत  एक सातामा दैनिक संक्रमित संख्या ४० हजार भन्दामाथि रहँदै आएको बेलायतमा पछिल्लो २४ घन्टामा ४९ हजार १३९ जना संक्रमित थपिएको सरकारी अधिकारीले  जनाएका छन् । 

कोराना संक्रमण जाडो महिनामा तीब्र गतिमा हुने अनुमान गर्दै सरकारले  घरका झ्याल खुला राख्न र भीडभाडमा मास्कको प्रयोग गर्न अपिल गरेको छ ।

बेलायतमा कोरोनाका संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३९ हजार नाघेको छ । कोरोना संक्रमणको दोस्रो लहर आउँदा गत जनवरी २० मा एकैदिन एक हजार ८२० जनाको मृत्यु भएको थियो ।

९ करोडमा संक्रमण, र ४ करोड ५३ लाखले लिए खोप 

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ४६ लाख ३२ हजार ३८५ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९४ लाख २२ हजार ७५३ जना अर्थात ८५.९ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५३ लाख ७७ हजार ४११ जना अर्थात ७८.९ प्रतिशतले खोपको दुबै डोज लगाइसकेको सरकारले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १०:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार