थपिए ३०२ सङ्क्रमित

शुक्रबार, माघ ९, २०७७

काठमाडौ । देशभर आज बिहीबारभन्दा १७८ सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा ३०२ सङ्क्रमित हुँदा ४८०  सङ्क्रमण मुक्त भएकाले सक्रिय सङ्क्रमितको संख्या कम भएको छ । आज थपिएका सङ्क्रमितमध्ये पुरुष ५९ र महिला ५३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमणमुक्त भएका ४८० समेत गरी आजसम्म दुई लाख ६३ हजार ३४८ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको छ । पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव दुई प्रतिशत छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ६८ हजार ९४८ पुगेको छ । 
काठमाडौँ उपत्यकामा आज ११२ सङ्क्रमित थप भएका छन् । ती मध्ये ५९ पुरुष र ५३ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौँमा दुई हजार ६१, ललितपुर १७५ र भक्तपुरका ३७ सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी तीन हजार ५४५ नमूना परीक्षण भएको थियो । हालसम्म २० लाख ३५ हजार ३०१ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसंख्यामा ६९ हजार ७४८ परीक्षण भएको बताइएको छ । हालसम्म पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव दुई प्रतिशत छ । 
सक्रिय सङ्क्रमितमध्ये हाल ८७९ होम आइसोलेसनमा छन् ।  प्रदेशअनुसार होम आइसोलेनमा रहनेको सङ्ख्या प्रदेश १ मा १०, प्रदेश २ मा एक, वाग्मती प्रदेश ६१२, गण्डकी प्रदेश २४, लुम्बिनी प्रदेश १६६, कणार्ली प्रदेश तीन र सुदुरपश्चिम प्रदेशमा ६३ रहेको छ । देशभरमा गरी आज १५४ सङ्क्रमित आईसीयूमा रहेका छन् । प्रदेश १ मा दुई, वाग्मती प्रदेशमा ५३, गण्डकी प्रदेशमा ६९ र लुम्बिनी प्रदेशमा २७, कर्णाली प्रदेशमा एक र सुदुरपश्चिम प्रदेशमा दुई सङ्क्रमित आईसीयूमा रहेका छन् । त्यस्तै, वाग्मती प्रदेशमा १९, गण्डकी प्रदेश सात र र लुम्बिनी प्रदेशमा पाँच गरी जम्मा ३१ सङ्क्रमित भेण्टिलेटरमा रहेका छन् ।
चार जिल्लामा  शून्य
देशभरका ७७ जिल्लामध्ये काठमाडौँ जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने चार जिल्लामा शून्य रहेको छ । हाल सक्रिय सङ्क्रमित नभएका जिल्लामा भोजपुर, कालिकोट, रुकुम (पश्चिम) र मुगु रहेका छन् । पछिल्लो २४ घण्टामा कोभिडका कारण थप सातको मृत्यु भएसँगै देशभर सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ९८६ पुगेको छ । जम्मा सङ्क्रमितमध्ये  मृत्यु हुने दर शून्य दशमलव सात प्रतिशत हो । यो सङ्ख्या प्रति १० लाख पोजेटिभमा ६७९ दशमलव पाँच छ ।–रासस 
 

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  २०:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार