पिकेको निर्णायक गोलमा बार्सिलोनाको कठीन जित

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं : जेरार्ड पिकेको निर्णायक गोलमा स्पेनिस बार्सिलोनाले युईएफए च्याम्पियन्स लिगमा कठीन जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किभलाई १-० गोल अन्तरले पराजित गरेकाे हाे । 

खेलको ३६औँ मिनेटमा पिकेले गोल गरेका थिए । जोर्डी अल्बाको क्रसमा पेनाल्टी बक्समा अनमार्क रहेका पिके गोल गर्न सफल भए ।

च्याम्पियन्स लिगको समूह चरणमा लगातार दुई हार बेहोरिसकेको बार्सिलोनाका लागि बुधबारको रात भने सुखद रह्यो । 

 च्याम्पियन्स लिगमा बार्सिलोनाले पहिलो पटक सुरुवाति दुई खेलमा पराजित भएको थियो ।

जितपछि बार्सिलोना समूह 'इ'मा ३ अंकसहित तेस्रो स्थानमा छ । शीर्ष स्थानको बायर्नको ६ अंक र बेनफिकाको ४ अंक छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  ०७:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार