६६२ सङ्क्रमित, मुस्ताङ र मुगुमा सङ्क्रमित शून्य

बुधबार, कात्तिक ३, २०७८

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आठ हजार ४२६ जनामा कोरोना परीक्षण गर्दा ६६२ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए। आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित ११ हजार ५७९ रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १५ रहेका छन् । मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार ५०० भन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की छन् । उनले सङ्क्रमति शून्य रहेका जिल्ला मुस्ताङ र मुगु रहेका जानकारी दिए । पछिल्लो २४ घण्टामा ७५८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सात लाख ८४ हजार १५५ सङ्क्रमणमुक्त भएका छन् । यसैगरी मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार आज कोरोना सङ्क्रमणबाट १३ जनाको मृत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार ३१८ जनाको मृत्यु भएको छ । होम आइसोलेशन १० हजार ७७२, संस्थागत आइसोलेशनमा ८०७ जना, सघन उपचारकक्ष ९आइसीयू०मा २७६ र भेन्टिलेटरमा १०४ जना रहेका छन् । आज नौ हजार ८०२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८५ लाख ६८ हजार २६२ पहिलो मात्रा र ६४ लाख ८९ हजार ८२८ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  २१:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार