सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ हजार ९१६ जनामा कोरोना परीक्षण गर्दा एक हजार ९६ जनामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित ११ हजार ८१५ जना रहेका छन् । ५०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला १७ रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८.६ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार चार जना सङ्क्रमणबाट निको भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमण सात लाख ८३ हजार ३९७ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.१ प्रतिशत रहेको छ । यसैगरी आज कोरोना सङ्क्रमणबाट १२ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ३०५ जनाको निधन भएको छ । होम आइसोलेसन १० हजार ८६६, संस्थागत आइसोलेसनमा ९४९ जना , सघन उपचार कक्षमा २६७ र भेन्टिलेटरमा ८६ जना रहेका छन् । आज एक लाख ६३ हजार २६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८५ लाख ६२ हजार ३६५ पहिलो मात्रा र ६४ लाख ८५ हजार ९२३ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
प्रदेश १ मा १२० मा कोरोना सङ्क्रमण
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३८, मोरङमा ३५, सुनसरीमा १६, इलाममा पाँच, सङ्खुवासभामा दुई, पाँचथर, ओखलढुङ्गा, तेह्रथुम, धनकुटा र उदयपुरमा एक÷एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण भएको हो । स्थानीय पालिकाका अनुसार झापाको विर्तामोडमा ११, दमकमा सात, बुद्धशान्ति र कनकाईमा पाँच÷पाँच, गौरादहमा तीन, भद्रपुर र मेचीनगरमा दुई÷दुई, शिवसताक्षी, हल्दिबारी र स्थानीय तह नखुलेका एक÷एक, मोरङको विराटनगरमा २०, कटहरीमा तीन, कानेपोखरी, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचामा दुई÷दुई, धनपालथान, उर्लाबारी, रतुवामाई र स्थानीय तह नखुलेका एक÷एक, सुनसरीको धरानमा आठ, इटहरीमा चार, दुहवी, बर्जु, गढी र बराहक्षेत्रमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै इलामको इलाम नगरपालिकामा चार र चुलाचुलीमा एक, सङ्खुवासभाको चैनपुर र स्थानीय तह नखुलेका एक÷एक, पाँचथरको फिदिम, ओखलढुङ्गाको सिद्धिचरण, तेह्रथुमको छथर, धनकुटाको धनकुटा नगरपालिका र उदयपुरको बेलकामा एक÷एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा आजै ८९ महिलासहित १६५ जना सङ्क्रमणमुक्त भएका छन् भने तीन महिलासहित नौ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।