थपिए ३३६ मा कोरोना भाइरस सङ्क्रमित 

शुक्रबार, माघ ९, २०७७

काठमाडौं । देशभर बिहीबार ३३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार ३० जनाको स्वास्थ्य परीक्षण गर्दा १२२ महिला र २१४ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 
बिहीबारसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६८ हजार ६४६  पुगेको छ । पछिल्लो समय थप २२६ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६२ हजार ८६८ पुगेको छ । अहिले देशभर तीन हजार ७९९ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये १७२ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेशनमा छन् । हालसम्म २० लाख ३१ हजार ७५६  जनाको पिसिआर परीक्षण भएको छ । 
चारको मृत्यु  
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९७९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप चार जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  ०८:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार