सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवालको बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको छ ।
२३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका सिलवाल राष्ट्रिय खेलकुद ऐन, २०७७ का कारण एक वर्षमै पदमुक्त भएका थिए । उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले १२ साउन २०७७ मा पुनः राखेपको सदस्य सचिवमा नियुक्त गरेको थियो ।
सिलवाल राति स्वदेश फर्कंदै
साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न माल्दिभ्स पुगेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल साेमबार राति स्वदेश फर्कंदै छन् ।
गत हप्ता अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पासँग माल्दिभ्स राजधानी माले पुगेका सदस्य सचिव आज (मंगलबार) राति ९ बजे अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने भएका हुन् ।
सदस्यसचिव सिलवालका स्वकीय सचिव मनोज खड्गीले राति ९ बजे 'ल्याण्ड' हुने बताए ।
यता, आज नै सरकारले सदस्यसचिव सिलवाललाई बर्खास्त गरेको चर्चा चलिरहेका बेला सदस्यसचिव राति स्वदेश ल्याण्ड हुन लागेका हुन् । यद्यपि, उनी आफ्नो नियमित समय अनुसार नै स्वदेश फर्कन लागेका हुन् । शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३-० गोल अन्तरले पराजित भएको थियो । १३औं संस्करणको साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलो पटक २८ वर्षपछि फाइनल पुगेको हो । नेपाली टिम भने साेमबाच बिहानै स्वदेश फर्किसकेको छ ।