सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३९१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको छ हजार ९६६ पीसीआर परीक्षणका क्रममा ३८५ र एक हजार ११ एन्टिजेन परीक्षणका क्रममा छ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ लाख ९८ हजार ३९९ पुगेको छ । हाल १२ हजार २९७ सक्रिय सङ्क्रमित आइसोलेसन र २३१ जना क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप छ को मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा ११ हजार २८४ को कोरोनाका कारण मृत्यु भएको छ । त्यसैगरी आज ६८० सङ्क्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा सात लाख ८१ हजार ४५६ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिममा सङ्क्रमित शून्य सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना सङ्क्रमण शून्य देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर एन्टीजेन विधिबाट ५५७ जनाको नमूना परीक्षण गर्दा एकजनामा पनि सङ्क्रमण देखिएन । यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । सुदूरपश्चिममा हालसम्म तीन लाख ७३ हजार ४२ जनाको परीक्षण गरिएकामा ४७ हजार ४७८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमणकै कारण प्रदेशभर ५९८ जनाले ज्यान गुमाएका छन् ।
प्रदेश नं १ मा १०३ जनामा कोरोना सङ्क्रमण लगातार कोरोना सङ्क्रमण दर घटिरहेको अवस्थामा प्रदेश नं १ मा आज पुनः १०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । मोरङमा ५५, झापामा १९, सुनसरीमा १५, इलाममा सात, उदयपुरमा पाँच र प्रदेश बाहिरका दुई जना गरी सो सङ्ख्यामा कारोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा आजै ३५ महिलासहित १०६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा एक महिलासहित चार जनाको मृत्यु भएको जनाइएको छ ।