कोरोना खोप उत्पादक कम्पनी सिरममा आगलागी

केही मानिसको मृत्यु भएको आशंका 
बिहीबार, माघ ८, २०७७

नयाँदिल्ली ।  कोभिड खोप उत्पादन गरिरहेको भारतको पुनेस्थित सिरम इन्स्टिच्युटमा भीषण आगलागी भएको छ । आगलागीको यो घटनाले कोभिशिल्ड खोप उत्पादनको काममा असर पुग्ने सम्भावना नभएको बताइएको छ । उक्त इन्स्टिच्युटले बेलायतको अक्सफोर्ड विश्वविदयालय र बेलायती स्वीडीस औषधि कम्पनी अष्ट्राजेनेकासँग मिलेर खोप उत्पादन गरिरहेको छ । बिहीबार निर्माण कार्यको क्रममा आगलागी सुरु भएको बताइएको छ । भारतीय मिडियाका अनुसार अहिले आगलागी नियन्त्रणमा लिन १० वटा दमकल सहित ठूलो संख्यामा अग्नी नियन्त्रकहरु खटिएका थिए । भारतको उक्त इन्स्टिच्युट विश्वकै सबैभन्दा ठूलो खोप उत्पादकको रुपमा चिनिन्छ । 
जुन इन्स्टिच्युट पुनेस्थित एक सय एकड जमिनमा फैलिएको छ । आगलागी भएको मन्जरी कम्प्लेक्स खोप उत्पादन स्थलबाट केही मिनेटको दूरीमा पर्ने बताइएको छ ।–एजेन्सी 
 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १९:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार