भारतीय प्रधानमन्त्री मोदीले दोस्रो चरणमा खोप लगाउने

बिहीबार, माघ ८, २०७७

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् । भारतमा यही जनवरी १६ मा पहिलो चरणको देशव्यापी खोप अभियान शुरु गरिएको थियो जसमा करिब तीन करोड डोज खोप लगाउने तयारी छ । पहिलो चरणमा सरकारले स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई यो खोप दिँदैछ । सरकारी अधिकारीका अनुसार आगामी मार्च वा अप्रिलमा शुरु हुने दोस्रो चरणको अभियानमा ५० वर्षभन्दा माथिका सबै सांसदलाई पनि खोप दिने तयारी छ ।– सिन्ह्वा 
 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १९:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार