भारतविरुद्ध अन्जनको स्थानमा सुमन खेल्ने 

शनिबार, असोज ३०, २०७८

काठमाडौं। साफ च्याम्पियनसिपको फाइनलमा भारतविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती–११ सार्वजनिक भएको छ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनल खेलमा सहायक प्रशिक्षक किरण श्रेष्ठले प्रतिबन्धमा रहेका अन्जन बिष्टको स्थानमा सुमन लामा खेलाउँदै अन्य खेलाडीमा भने यस अघिकै सुरुवाती–११ सार्वजनिक गरेका हुन् । यस्तै मुख्य प्रशिक्षक समेत फाइनलमा प्रतिबन्धमा परेका छन् । आयोजक साफले प्रतियोगिताको नियमावली विपरित प्रशिक्षक अब्दुल्लाहलाई टर्च लाईनमा उभिन नदिएको हो । भारतविरुद्ध फाइनल खेलमा नेपाली टोलीको कप्तानी किरण कुमार लिम्बुले गर्नेछन् । यस्तै डिफेन्समा दिनेश राजबंशी, अनन्त तामाङ सहित गौतम श्रेष्ठ र सुमन अर्याल रहेका छन् । मिड लाईनमा पुजन उपरकोटी सहित रोहित चन्द र तेज तामाङ छन् । यता, एक्ला स्ट्राईकर नवयुग श्रेष्ठलाई सुजल श्रेष्ठ र सुमन लामाले सहयोग गर्नेछन् । 

नेपाली टोली - 
गोलरक्षक – किरण कुमार लिम्बु (कप्तान)
डिफेन्डर – गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजबंशी, सुमन अर्याल
मिडफिल्डर– पुजन उपरकोटी, रोहित चन्द, तेज तामाङ
स्ट्राइकर – सुमन लामा, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ
 

प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८  २१:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार