थप २७२ जनामा कोरोना

शुक्रबार, असोज २९, २०७८

काठमाडौँ ।  पछिल्लो २४ घण्टामा चार हजार ७१२ जनाको नमूना  परीक्षण गर्दा देशभर २७२ जनामा कोभिड सङ्क्रमित देखिएको छ । सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँमा ८९, ललितपुरमा १८ र भक्तपुरमा ११ जना रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै नेपालमा कोभिड सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार २७७ पुगेको छ । आज मात्रै ७७७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ७ लाख ७९ हजार ९३१ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९६।९ प्रतिशत रहेको छ । हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३०८ पुगेको  छ । त्यसमध्ये १२ हजार २५० जना होम आइसोलेसन, १ हजार ५८ जना संस्थागत आइसोलेसन, ३०७ जना आईसीयू तथा १०१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको् छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २९, २०७८  २०:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार