जिम्बाब्बेका विदेश मन्त्रीको कोरोनाका कारण निधन

बिहीबार, माघ ८, २०७७

हरारे । जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको एक दिनपछि बुधबार उनको निधन भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रपति तथा मन्त्रिपरिषद्का कार्यवाहक प्रमुख सचिव जर्ज चाराम्बाद्वारा जारी वक्तव्यका अनुसार कोरोनाकै कारणले उनको निधन भएको स्वास्थ्यकर्मीले पुष्टि गरेको उल्लेख छ । सिबुसिसो मोयाको परिवारका सदस्यले पनि कोरोनाका कारण उनको निधन भएको बताएको सिन्ह्वाले उल्लेख गरेको छ ।
‘मेरा दाजुको कोरोनाभाइरसका कारण निधन भएको छ, उहाँलाई हिजो मात्रै कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो’ सिबुसिसो मोयाका भाइले भने । जिम्बाब्बेमा कोरोनाका कारण निधन भएका मन्त्रीमध्ये उनी तेस्रो मन्त्री भएको अधिकारीहरूले जानकारी दिएका छन् ।  जिम्बाब्बेमा पनि गत सन् २०२० को मार्चदेखि कोरोनाभाइरसको महामारी फैलिन शुरु भएको हो ।–सिन्ह्वा
 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  ०४:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार