बुधबार थपिए ३१८ जना कोरोना भाइरस सङ्क्रमित 

९७.९ प्रतिशत कोरोना निको
बुधबार, माघ ७, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा ११२ महिला र २०६ पुरुष गरी थप ३१८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । थप पाँच हजार १२ स्वाब परीक्षण गर्दा  ३१८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्मको कोरोना सङ्क्रमितको संख्या दुई लाख ६८ हजार ३१० मध्ये दुई लाख ६२ हजार ६४२ जना निको भएका छन् । आज थप ३८३ जना डिस्चार्ज भएसँगै निको हुने ९७.९ प्रतिशत पुगेको छ । हालसम्म २० लाख २६ हजार ७२६ जनाको आरटी पिसिआर परीक्षण गरिएको छ । गत २४ घण्टामा थप छको मृत्युसहित हालसम्म मृत्यु हुनेको संख्या एक हजार ९७५ पुगेको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १९:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार