दिल्लीलाई पराजित गर्दै चेन्नई फाइनलमा 

सोमबार, असोज २५, २०७८

काठमाडौं : चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । यसअघि समूह चरणमा भोगेको हारको बदला दिँदै चेन्नई ४ विकेटले खेल जितेर फाइनल पुग्न सफल भएको हो ।  

समूह चरणको खेलपछि शीर्ष स्थानमा रहेको दिल्ली र दोस्रो स्थानमा रहेको चेन्नई फाइनल प्रवेशका लागि पहिलो क्वालीफायरमा भिडेका थिए । १७३ रनको लक्ष्य पछ्याएको चेन्नईले उत्कृष्ट प्रदर्शन गर्दै ६  विकेट गुमाएर २ बल बाँकी रहँदा खेल आफ्नो पक्षमा पारेको हो । 

चेन्नईको जितमा ऋतुराज गायकवाडले ७० रन तथा रविन उथप्पाले ६३ रनको योगदान दिए । यी दुईले ११० रनको साझेदारी गर्दै चेन्नईलाई बलियो अवस्थामा पु¥याएका थिए ।  दिल्लीका टम कुरानले सर्वाधिक ३ विकेट लिए । 

यसअघि दिल्लीको लागि पृथ्वी शाले सर्वाधिक ६० रन बनाउँदा रिशभ पन्तले ५१ रन बनाएका थिए । त्यस्तै शिम्रन हेटम्येरले ३७ रन बनाएका थिए । चेन्नईको जस हाज्विल्डले सर्बाधिक २ विकेट लिएका थिए । 

चेन्नईले २०१०, २०११ र २०१८ को आईपीएल जितेको थियो ।

सोमबार एलिमिनेटर खेलमा तेस्रो स्थानको रोयल च्यालेन्जर्स बेंगलोर र चौथो स्थानको कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा दिल्लीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल शुक्रबार हुनेछ ।

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  ०६:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार