भारतविरुद्ध मनिषलाई अग्रपंक्तीको जिम्मा

आइतबार, असोज २४, २०७८

काठमाडौं : साफ च्याम्पियनसिप फुटबलअन्तर्गत तेस्रो खेलमा  भारतविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती एघार सार्वजनिक भएको छ ।

आइतबार साँझ मालेस्थित राष्ट्रिय रंगशालामा भारतविरुद्ध हुने खेलका लागी मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मनिष डांगीलाई अग्रपंक्तिमा स्थान दिँदै सुरुवाती एघार सार्वजनिक गरेका हुन् ।

भारतविरुद्ध नेपाली टोलीको कप्तानी गोलरक्षक किरण कुमार लिम्बुले समाल्ने छन् । यस्तै डिफेन्समा गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी र सुमन अर्याल हुनेछन् । 

यस्तै मिड लाइनमा तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, रहनेछन् । यता एक्ला स्ट्राइकर मनिष डांगीलाई सुजल श्रेष्ठ र सुमन लामाले सहयोग गर्नेछन् । 

यसअघि उद्घाटन खेलमा माल्दिभ्सविरुद्ध निर्णायक गोल गरेका मनिषलाई प्रशिक्षक अब्दुल्लाहले स्ट्राइकरको भूमिका दिएका हुन् । 

भारतविरुद्ध नेपालले रक्षात्मक खेल खेल्दै काउण्टरमा ध्यान दिनेछ । 

यसअघि आजनै भएको पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै आयोजक माल्दिभ्स दोस्रो स्थानमा उक्लिएको छ । ४ खेलबाट १ अंक जोडेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ । 

नेपाली टोली : 

गोलरक्षक : किरण कुमार लिम्बू 

डिफेण्डर : गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल 

मिडफिल्डर : रोहित चन्द, तेज तामाङ, पुजन उपरकोटी

स्ट्राइकर: सुजल श्रेष्ठ, मनिष डांगी, सुमन लामा

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  २१:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार