लगातार दोस्रो जीतसँगै माल्दिभ्स दोस्रो स्थानमा उक्लियो

आइतबार, असोज २४, २०७८

काठमाडौं : घरेलु टोली माल्दिभ्स लगातार दोस्रो जीत निकाल्दै साफ च्याम्पियनसिप फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।  

आइतबार साँझ मालेस्थित राष्ट्रिय रंगशालामा माल्दिभ्सले श्रीलंकालाई १-० गोल अन्तरले  हराउँदै दोस्रो जीत निकाल्दा दोस्रो स्थानमा उक्लिएको हो ।

माल्दिभ्सको जीतमा अनुभवी खेलाडी अलि अस्फाकले खेलको छैटौँ मिनेटमा निर्णायक गोल गरे ।

माल्दिभ्सले तीन खेलमा ६ अंक जोडेको छ । माल्दिभ्सले फाइनलमा स्थान बनाउने संभावनासमेत बलियो बनाएको छ ।

श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ । पुछारको श्रीलंकाले चार खेलमा १ अंक जोडेको छ  ।

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १९:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार