रोनाल्डोको गोलमा कतारमाथि पोर्चुगलको सहज जित

आइतबार, असोज २४, २०७८

काठमाडौं : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले विश्वकप आयोजक कतारमाथि सहज जित निकालेको छ । शनिबार राति  घरेलु मैदानमा पोर्चुगलले कतारलाई ३-० ले पराजित गरेको हो ।

पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो, जोस फोन्टे र आन्द्रे सिल्भाले १/१ गोल गरे । खेलको पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल भएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  ०७:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार