एन्डोरामाथि इंग्ल्याण्डको सहज जित

आइतबार, असोज २४, २०७८

काठमाडौं : फिफा विश्वकप कतार-२०२२ को युरोपियन छनोटमा इंग्ल्यान्डले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा इंग्ल्यान्डले घरेलु टोली एन्डोरामाथि ५-० को फराकिलो जित निकालेको हो ।

इंग्ल्यान्डको जितमा बेन चिलवेल, बुकायो साका, ट्याम्मी अब्राहम, जेम्स वार्ड प्रोज र ज्याक ग्रेलिसले १/१ गोल गरे ।

इंग्ल्याण्डले पहिलो हाफमा २ तथा दोस्रो हाफमा ३ गोल थपेको हाे ।

समूह ‘आई’ मा अपराजित रहेको इंग्ल्यान्ड जितसँगै ७ खेलबाट १९ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । पराजित एन्डोरा ३ अंकसहित पाँचौ स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  ०७:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार