थपिए ३४८ कोरोनाका सङ्क्रमित

मंगलबार, माघ ६, २०७७

काठमाडौं । नेपालमा थप ३४८ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर चार हजार ९५६ जनाको पिसीआर परीक्षण भएकामा २१९ पुरुष र १२९ महिलामा कोरोना पुष्टि भएको हो । 
हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ६७ हजार ९९२ पुगेको छ । अहिले देशभर तीन हजार ८६१ कोरोना सङ्क्रमित छन् । थप ४११ जना सङ्क्रमणमुक्त भएसँगै हालसम्म दुई लाख ६२ हजार २५९ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । गत २४ घण्टामा थप चारको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९६९ पुगेको छ । अहिले १६१ आइसियु र ३५ जना भेन्टिलेटरमा उपचाररत छन् । 
 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  २३:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार