जर्मनीको पुनरागमन जित

शनिबार, असोज २३, २०७८

काठमाडौं : विश्वकप छनोट तथा युरोपेली छनोटमा जर्मनीले पुनरागमन जित निकालेको छ । शुक्रबार राति भएको खेलमा जर्मनले रोमानियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।  जर्मनको पुनरागमन जितमा सर्जी जिनाब्री र थोमस मुलरले १-१ गोल गरे । रोमानियाका लागि लानिस हागिले खेलको ९ मिनेटमा सुरुवाती अग्रता लिएका थिए । 

जितसँगै समूह 'जी'मा जर्मनीको ७ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा छ । ७ खेलबाट १० अंक बनाएको रोमानिया तालिकाको चौथो स्थानमा छ । 

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  ०६:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार