एकीकृत समाजवादीले पदाधिकारी टुंग्यायो

महासचिव बेदुराम भुसाल, चार उपाध्यक्ष चार जना 
बिहीबार, असोज ७, २०७८

काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर गठन भएको (एकीकृत समाजवादी) ले पार्टी पदाधिकारी टुंगो लगाएको छ । समाजवादीले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव रहने व्यवस्था गरेको छ ।  अध्यक्ष माधवकुमार नेपाल रहेको उक्त पार्टीको उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन भएका छन् । बेदुराम भुसाल महासचिव बनेका छन् ।
उपमहासचिवमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल छन् । सचिवहरुमा केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र रामकुमारी झाँक्री चयन भएका छन् । सचिवालयले टुंगो लगाएका यी पदाधिकारीहरुलाई केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने कार्यक्रम छ । 

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १२:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार