राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
अर्थतन्त्र
देश अब कम्तीमा चार दिन बजेटविहीन
देश अब कम्तीमा चार दिन बजेटविहीन
सरकारी खर्च बन्द, यसरी उठ्नेछ राजस्व
शब्दपाटी
मंगलबार, भदौ २९, २०७८
मंगलबार, भदौ २९, २०७८
काठमाडौं : सरकारले ल्याएको प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा विचाराधीन रहेपछि देश बजेटविहीन हुने संभावना बढेको छ । अघिल्लो सरकारले १५ जेठमा अध्यादेशमार्फत ल्याएको बजेट प्रतिनिधिसभाबाट पारित नभएपछि (बुधबार) भोलि राति १२ बजेदेखि निष्क्रिय हुँदै छ । अध्यादेश संसदबाट पारित नभए ६० दिनभित्र स्वत: निष्क्रिय हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ११४ मा संघीय संसद अधिवेशन प्रारम्भ भएको ६० दिनपछि स्वतः निष्क्रिय हुने उल्लेख छ । यसअनुसार केपी ओली सरकारले ल्याएको बजेट अध्यादेश भोलिदेखि निष्क्रिय हुँदै छ । बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न वर्तमान सरकारले मंगलबार विधेयक संसदमा पेस गरेको छ । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच विधेयकमा छलफल अघि बढेन । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक ४ असोजसम्म अर्थात् ५ दिनका लागि स्थगित गरेका छन् । भोलिबाट बजेट अध्यादेश निष्क्रिय हुँदा त्यसपछि चौथो दिनमा सोमबार बिहान ११ बजे संसद बस्नेछ । यो चार दिनको समय बजेट अध्यादेश निष्क्रिय भएको र नयाँ विधेयक पारित नभएको अवस्था हुनेछ । अर्थात् कम्तीमा चार दिन देश बजेटविहीन हुनेछ । यदि ४ असोजको बैठकले पारित गरेन भने देश थप समय बजेटविहीन हुनेछ । एमालेको अवरोध जारी रहेकै अवस्थामा सभामुखले बजेट विधेयकमाथि छलफल गराउँछन् कि पेलेर पास गराउँछन् भन्ने ४ गते नै थाहा हुनेछ । तर, यो विधेयकमा संशोधन हाल्न सांसदहरूलाई ७२ घण्टाको समय हुनेछ । संशोधन दर्ता भए विधेयकमाथि छलफल गराउनुपर्नेछ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक संसद पेस गर्दै सकेसम्म सहमतिमा र नभए प्रक्रियाअनुसार (बहुमतका आधारमा) बजेट विधेयक पारित हुने बताइसकेका छन् । संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै शर्माले पाँच/सात दिन नियमित सरकारी खर्च रोकिन सक्ने बताए । शर्माको भनाइबाट पनि देश कम्तीमा एक साता बजेटविहीन हुने देखिन्छ । बजेटविहीन हुँदा पेस्की अध्यादेश सरकारले ल्याउन सक्ने अनुमान छ । तर, शर्माले संसद चालू रहेकै अवस्थामा अध्यादेश ल्याउन नमिल्ने र पेस्की खर्च नगर्ने स्पष्ट पारे ।
कसरी उठ्छ कर ?
अर्थमन्त्री शर्माले कर उठाउने विशेष व्यवस्था भएको बताएका थिए । अर्थमन्त्रीले भनेको कर उठाउने विशेष व्यवस्था भनेको सामयिक कर असुल ऐन, २०१२ हो । देश बजेटविहीन भए पनि यो ऐनले छ महिनासम्म कर उठाउने अधिकार सरकारलाई दिएको छ ।सरकारले ऐनअन्तर्गत नेपाल राजपत्रमार्फत सूचित आदेश जारी गरेर करको दर घटबढ गर्न सक्छ । 'नेपाल सरकारको विचारमा भन्सार महसुल वा अन्तःशुल्क या अरू कुनै कर लगाउने बढाउने बारेको ऐन जारी गर्नुपर्ने ठहर भयो र जनहितका लागि त्यस्तो भन्सार महसुल या अन्तःशुल्क या अरू कुनै कर तुरुन्त लागाउन वा बढाउन बाञ्छनीय छ भन्ने चित्तमा लागेमा नेपाल सरकारले सूचित आदेशद्वारा लगाउन वा बढाउन सक्छ', ऐनमा भनिएको छ ।
यदि सूचित आदेशमा घटबढ गरिएको कर पछि विधेयक कानुन बनेर आउँदा थपघट भएमा बढी लिएको छ भने फिर्ता गर्नुपर्ने ऐनमा उल्लेख छ । 'सूचित आदेश निकाल्नु अगाडि १२ रुपैयाँ कर लागेको कलम सूचित आदेशले २० रुपैयाँको दरले उठाएकामा पछि कानुनबाट १५ रुपैयाँ मात्र लिने लेखिएकोमा पाँच रुपैयाँ फिर्ता दिनुपर्छ', ऐनमा भनिएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८
२१:११
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
जेनजी प्रदर्शनमा तोडफोड र आगजनी भएका संरचना पुनर्निर्माणमा गोदावरी नगरपालिकाको सक्रियता
नंः २
१८ औं गोदावरी फूल प्रदर्शनी असोज २९ देखि जावलाखेलमा
नंः ३
प्रहरीका हतियार लुटिनु तथा कारागारबाट भागेका कैदी बन्दीका कारण समाजमा त्रास फैलियो : स्थानीय (भिडियो)
नंः ४
ललितपुर महानगरले चक्रपथमा निर्माण सुरु गर्यो साइकलमैत्री आकाशे पुल
नंः ५
भो, दसैंको कुरा नगर
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
दशैंमा नेवार समूदायले रातो र कालो टीका दुवै लगाउँछन्
मंगलबार, असोज १४, २०८२
दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो
मंगलबार, असोज १४, २०८२
महाअष्टमी पर्व : असत्यमाथि सत्यको विजय भएको प्रतिक
मंगलबार, असोज १४, २०८२
रेमिट्यान्सले मात्र देश चल्दैन, उत्पादन र रोजगारी सिर्जना गर्नुपर्छ : रघुनन्दन मारु
बिहीबार, असोज ९, २०८२
जेनजी पुस्ताले आमूल परिवर्तन गरिदिए, यसलाई सकरात्मक रुपमा लिनुपर्छ : अर्थविद्के शव आचार्य
शुक्रबार, असोज ३, २०८२
संविधान कार्यान्वयन नभएकै कारण विद्रोह भयो : नारायण पौडेल
शुक्रबार, असोज ३, २०८२
जीवनशैली
कसरी मनाउँछन् पशुअधिकारकर्मीले दशैं ?
मंगलबार, असोज १४, २०८२
दशैंमा मासु : सन्तुलन नमिल्दा मृत्युसम्म हुनसक्छ
मंगलबार, असोज १४, २०८२
चाडपर्वमा कस्ता खानेकुरा खाने ?
सोमबार, असोज १३, २०८२
उच्च रक्तचाप र मधुमेहले बिर्सने रोग निम्त्याउँछ
शनिबार, असोज ११, २०८२
स्वस्थ जीवनशैली अपनाउनेहरूका लागि शिल्पा शेट्टीको प्रेरणा
सोमबार, साउन १२, २०८२
चञ्चलालाई ऐतिहासिक उपलब्धि : समावेशी पर्यटन प्रवर्द्धनमा नेपालबाट विश्वमञ्चमा चम्कँदै
शनिबार, असार २१, २०८२
शिक्षा
आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने
आइतबार, भदौ २९, २०८२
आजदेखि अष्ट्रेलियन एजुकेशन फेयर २०२५ सुरु, ५ दिनसम्म चल्ने
मंगलबार, साउन २७, २०८२
नेपालमा उच्च शिक्षाको पुनर्जागरण : एक समयसापेक्ष आवश्यकता
बुधबार, साउन २१, २०८२
कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्योलमा पर्न सक्ने चिन्ता
शुक्रबार, साउन १६, २०८२
नेपाल संस्कृत विश्वविद्यालयको सिनेटले स्वीकृत गर्यो एक अर्ब ३१ करोडको बजेट
बुधबार, असार ३२, २०८२
लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभाले स्वीकृत गर्यो ४९ करोड ५९ लाख बजेट
बुधबार, असार ३२, २०८२
पूर्वाञ्चल विश्वविद्यालय सभाले स्वीकृत गर्यो एक अर्ब ७० करोड बजेट
मंगलबार, असार ३१, २०८२
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटले स्वीकृत गर्यो एक अर्ब ५४ करोड बजेट
मंगलबार, असार ३१, २०८२
समाचार
सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै
बिहीबार, असोज ३०, २०८२
हमासको आक्रमणमा ज्यान गुमाएका विपिन जोशीको सम्झनामा माइतीघरमा गरियो दीप प्रज्वलन
बुधबार, असोज २९, २०८२
प्रकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौति : मन्त्री घिसिङ
बुधबार, असोज २९, २०८२
गण्डकी विश्वविद्यालयमा अनियमितता छताछुल्ल, Gen Z युवाहरूले कुलपति र रजिष्ट्रारसँग मागे जवाफ
बुधबार, असोज २९, २०८२
बिपिनसहित चारजनाको शव पहिचान
बुधबार, असोज २९, २०८२
थप समाचार
दुई रुपैयाँले घट्यो पेट्रोलको मूल्य, डिजेल र मट्टीतेलको यथावत्
मंगलबार, भदौ २९, २०७८
रेमिट्यान्स ३३.१ प्रतिशतले बढ्यो, दुई महिनामा भित्रियो साढे ३ खर्ब
मंगलबार, भदौ २९, २०७८
यस्तो छ आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
मंगलबार, भदौ २९, २०७८
सेयर बजारमा आज ७८ अंकको गिरावट, कारोबार रकम ७ अर्ब नजिक
मंगलबार, भदौ २९, २०७८
Subscribe Newsletter
×