मुलुक हाँक्ने दायित्व कांग्रेसको काँधमा : शंकर भण्डारी 

शुक्रबार, साउन १, २०७८

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् तरुण विभाग प्रमुख  शंकर भण्डारीले मुलुक हाँक्ने दायित्व कांग्रेसको काँधमा आएको बताएका छन् । काँग्रेसलाई आफ्नो दायित्व इमान्दारी पूर्वक निर्वाह गर्नुपर्ने समेत पूर्वमन्त्री भण्डारीको भनाइ छ ।  पूर्वमन्त्री भण्डारीले आँबुखैरेनी गाउँपालिका ४ नं वडा कार्यालयको भवन उद्घाटनका क्रममा उनले भने, ‘कम्युनिष्टहरुलाई जनताले विश्वास गरेर मत दिएपनि उनीहरू जनताप्रति उत्तरदायी हुन सकेनन् ।’ 
कम्युनिष्टहरुलाई जनताले मत दिदाँ जनताको भावना माथि ठेस लाग्ने कार्य गरेको हुँदा आगामी तिनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउन समेत पूर्वमन्त्री भण्डारीले जोड दिएका थिए ।

आँबुखैरेनी गाउँपालिकाको विकासमा आफूले विगतमा पनि विशेष ध्यान दिएको र आगामी दिनमा समेत विशेष ध्यान दिने पूर्वमन्त्री भण्डारीको प्रतिवद्धता थियो । ४ नं वडाका वडाध्यक्ष नेत्र गुरुङको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल लगायतले बोलेका थिए । सो अवसरमा जग्गा दाताहरुलाई पूर्वमन्त्री भण्डारीले सम्मान गरेका थिए । गाउँपालिकाले दिएको जानकारी अनुसार ५२ लाखको लागतमा सो वडा कार्यालय भवन निर्माण गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  १२:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार