जुम्लाको कनकासुन्दरीमा सञ्चारको पहुँच

सोमबार, असार २१, २०७८

खलङ्गा, जुम्लाको कनकासुन्दरीमा सञ्चारको पहुँच पुगेको छ । जुम्ला सदरमुकाम खलङ्गा पुग्न झण्डै एक दिन लाग्ने कनकासुन्दरी गाउँपालिकाका ग्रामीण बस्ती मालिकाबोला, लेकपुर, नेटा, चौथा, न्याउरीगाडलगायतका गाउँ स्थानीयवासी सञ्चारको पहुँचमा पुगेका छन् । मालिकाबोता र मर्फान्नामा नेपाल टेलिकमको टावर बनेपछि डाँडा चढेर फोन गर्नुपर्ने बाध्यता हटेको स्थानीयवासी रुपा बुढाले बताए । पहिला आफन्तसँग कुराकानी गर्न घण्टौं हिँडेर डाँडाकाँडा चढ्नुपथ्र्यो । अहिले घरदैलोमै टेलिफोनको टावर आउँछ । लेखपढ गर्न शहर पुगेका, रोजगारीका लागि कालापहाड हानिएका र अन्य सिलसिलामा घर छाडेकासँग कुरा गर्न सहज भएको स्थानीयवासी गोविन्द बुढाले बताए । विगतमा गाउँमा पढेलेखेका कमै हुुन्थे, कसैलाई सूचना र खबर गर्न गाउँबाट मौखिक जानकारी लिएर रैवारे पठाउनुपथ्र्यो पछि विस्तारै चिठ्ठीको प्रयोग हुन थाल्यो, अहिले भने सबैका हातहातमा मोबाइल छ, आवश्यक परेको बेला सहजै कुराकानी गर्न सकिन्छ । कनकासुन्दरी गाउँपालिका–२ का अध्यक्ष शेरबहादुर रावतले भने, “ हिउँद्को समयमा जाडो हुने भएकाले यहाँका धेरैजसो स्थानीयवासी तराई र परदेश जाने हालखबर बुझ्न र कुराकानी गर्ने सहज हुने छ ।’’  रासस

 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १२:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार