नीति तथा कार्यक्रममाथिको छलफल जारी

बिहीबार, जेठ १२, २०७९

काठमाडौँ, १२ जेठ  । प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ । आजको बैठकमा जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले काठमाडौँ, धरानलगायत स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जित्नु राजनीतिप्रतिको असन्तुष्टि भएको बताउँदै दलको समयमै चेत खुल्न जरुरी रहेको औँल्याए  ।

सांसद यादवले सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै कार्यक्रम हेर्दा लागु गर्न सकेका अवस्थामा नेपालको कायापलट हुने भए पनि नीति र कार्यक्रमको संयोजनको अभाव देखिएको उनले बताए  । बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले चुनाव निष्पक्ष नभएको आरोप लगाउँदै विभिन्न क्षेत्रमा आफ्नै सांसदमाथि नै आक्रमण भएको दावी गरे  । 

    आजको बैठकमा नीति तथा कार्यक्रमको संशोधनका लागि सूचना पेश गरेका  विभिन्न दलका छ सांसदसहित प्रतिपक्षी दल नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाललगायत विभिन्न दलका सांसदले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका  छन्  । छलफल शुक्रबार पनि जारी रहनेछ । 

    प्रतिनिधिसभा बैठकको अन्तमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति  पूर्णकुमारी सुवेदीले ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन २०७९’ र महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ‘महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन २०७९’ पनि पेश गरेका  थिए  । बैठक भोलि शुक्रबार ११ बजे बस्ने गरी सकिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार