एमालेले जित्यो १६४ पालिका प्रमुख

बिहीबार, जेठ ५, २०७९

काठमाडौं, ५ जेठ । नेकपा एमालेका उम्मेदवार १६४ वटा स्थानीयत तहको प्रमुख तथा अध्यक्षमा विजयी बनेका छन् ।  स्थानीय तह निर्वाचनको मतगणना सकिएका पालिकामध्ये दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार विजयी बनेका छन् ।  मतगणना सकिएकामध्ये सबैभन्दा बढी २५२ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसले जित निकालेको छ ।  निर्वाचन आयोगका अनुसार मतगणना जारी भएका पालिकामध्ये ३५ वटामा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् ।  गत वैशाख ३० गते देशभरका ७५३ वटा स्थानीय तहमा एकसाथ निर्वाचन भएको थियो । 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १३:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार