बेलकामा कांग्रेसका अशोक कार्की र एमालेकी जिरा राई निर्वाचित

बुधबार, जेठ ४, २०७९

उदयपुर, ४ जेठ । उदयपुरको बेलका नगरपालिकामा नेपाली कांग्रेसका अशोक कार्की प्रमुख र उपप्रमुख नेकपा एमालेकी जिरा राई निर्वाचित भएका छन् । बुधबार सम्पन्न मत गणनामा नगर प्रमुखमा कांग्रेसका अशोक कार्की निर्वाचित भएका छन् ।
उपप्रमुख एमालेकी जिरा राई निर्वाचित भएकी हुन् । कार्कीले एमालेका दुर्गकुमार थापालाई ३ हजार १ सय ४० को मतान्तरले पराजित गरेका हुन् । नगर प्रमुखमा निर्वाचित कार्कीले १० हजार १ सय २० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी थापाले ६ हजार ८ सय ५ मत मात्र पाए ।
थापा बेलका नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन् । उनी ०७४ सालको स्थानीय तह निर्वाचनमा अहिले निर्वाचित कार्कीलाई ५ सय ५२ मतले पछाडि पादै विजयी भएका थिए । अहिले उनै थापालाई कांग्रेसका कार्कीलाई ३ हजार १ सय ४० मतले हराउँदै नगर प्रमुख निर्वाचित भएका छन् ।

उपप्रमुखमा निर्वाचित एमालेकी राईले ८ हजार २ सय ७६ मत पाइन । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन दलबाट माओवादी केन्द्रका मनोज तामाङले ७ हजार ४ सय ९५ मत प्राप्त गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचन बेलकामा एमालेका थापाले बहुमत सदस्य सहित विजय हासिल गरेको थियो । बेलकाको वडाहरूमा क्रमशः १ मा नेपाली कांग्रेसका दिनेश्वरप्रसाद चौधरी, २ मा नेकपा एमालेका प्रेमबहादुर दाहाल, ३ मा नेपाली कांग्रेसका टंकप्रसाद आचार्य, ४ मा नेपाली कांग्रेसका तीर्थराज अधिकारी, ५ मा नेकपा एमालेका दीपकरण रेग्मी, ६ मा नेकपा एमालेका वसन्तकुमार मगर, ७ मा नेकपा माओवादी केन्द्रका निकेश राई, ८ मा नेकपा माओवादी केन्द्रका जयकुमार राई र ९ मा नेपाली कांग्रेसका पदमबहादुर खड्का विजयी भएको निर्वाचन अधिकृत जनकराज पन्तले बताए । बेलका नगर प्रमुखमा जितेको कार्कीले ०७४ मा आफैलाई हराएका एमालेका थापालाई पराजित गरेका हुन् ।

 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  २१:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार