सप्तहरीको तिरहुत गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

बुधबार, जेठ ४, २०७९

राजविराज, ४ जेठ । सप्तरीको तिरहुत गाउँपालिकामा जसपालाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृत कार्यालयबाट प्राप्त जानकारीअनुसार जिल्लाको तिरहुत गाउँपालिका अध्यक्षमा विजय यादव निर्वाचित भएका छन् । उनले तीन हजार ५५६ मत ल्याएर सो गाउँपालिकामा विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका हेमन्तकुमार बहडखेर यादवले दुई हजार ९८६  मतमात्र ल्याएका छन् ।  यस्तै उपाध्यक्षमा कांग्रेसकै विनादेवी गोइत यादव निर्वाचित भए । उनले तीन हजार ५१ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकै उपाध्यक्षका उमेदवार रामवतीदेवी मण्डलले तीन हजार २० मत ल्याए । 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  ११:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार