मंगलसेन नगरपालिका मेयरमा एमालेबाट पदम बोहरा दोहोरिए

बुधबार, जेठ ४, २०७९

अछाम, ४ जेठ  । मंगलसेन नगरपालिका मेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा नेकपा एमालेका पदम बोहराले ५ हजार ७३७ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कांग्रेस नमबहादुर शाहीले ५ हजार दुई मत पाए ।  यस्तै उप प्रमुखमा समेत एमालेका संगीता रावल सोडारी ५ हजार ७१९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी समाजवादीका बमबहादुर रावलले ३ हजार ३७ मत पाए ।   उपप्रमुखमै माओवादी लोकबहादुर बोगटी ४१५ पाउँदा राप्रपाले ७१ मत पाएको छ। नगरप्रमुखमा निर्वाचित भएका बोहरा यसअघिसमेतका नगर प्रमुख हुन् । मंगलसैन नगरपालिकाका १४ वटा वडामध्ये १० मा नेकपा एमाले र ४ वडामा नेपाली कांग्रेस विजयी भएको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार