पाल्पाको रैनादेवी छहरामा कांग्रेस र माओवादीका उम्मेदवार निर्वाचित

मंगलबार, जेठ ३, २०७९

रामपुर (पाल्पा), ३ जेठ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रुक्मागत भट्टराई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापा विजयी भएका छन् । अध्यक्षमा विजयी भएका कांग्रेसका भट्टराईले छ हजार ६४३ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका रामबहादुर राउतले छ हजार १४५ मत प्राप्त गरे । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापाले छ हजार ३०७ मत प्राप्त गरी विजयी भएका छन भने उनका प्रतिस्पर्धी नेकपा एमालेकी गीता भट्टराई घिमिरेले पाँच हजार ७६१ मत प्राप्त गरिन् ।
आठ वडामध्ये सिद्देश्वर र भुवनपोखरीमा माओवादी केन्द्रका वडाध्यक्ष विजयी भए । यस्तै नेकपा एमाले छहरा र सत्यवतीमा विजयी भएको छ भने सोमादी, मुझुङ, जुठापौवा, बल्ढेङगढीमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यहाँ २०७४ को निर्वाचनमा कांग्रेस छ वडामा विजयी भएको थियो भने माओवादी र एमाले एक÷एक वडामा विजयी भएका थिए । 

 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १३:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार