डडेल्धुराको अजयमेरुमा पुनः भट्ट विजयी, उपाध्यक्षमा कांग्रेस

सोमबार, जेठ २, २०७९

डडेल्धुरा, २ जेठ । डडेल्धुराको अजयमेरु गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उमेशप्रसाद भट्ट विजयी भएका छन् । भट्ट दोस्रो कार्याकालका लागि पुनः निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार भट्टले दुई हजार ४६९ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का पदमबहादुर पालले दुई हजार २९७ मत हासिल गरे ।
उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बसन्ती पालले दुई हजार ५६५ मत ल्याई विजयी हासिल गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार कलावती भाडले दुई हजार ३०९ मत प्राप्त गरे । अजयमेरु गाउँपालिकामा वडा नं १ र ६ कांग्रेस, २ र ४ माओवादी, वडा नं ५ मा एमाले र वडा नं ३ मा स्वतन्त्र उम्मेदवारले जितेका छन् । डडेल्धुराका सात पालिकामध्ये अहिलेसम्म नेपाली कांग्रेसले दुई र माओवादीले दुई स्थानीय तह जितेका छन् ।

 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  २१:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार