बिल गेट्सलाई कोभिड पोजेटिभ

बुधबार, वैशाख २८, २०७९

न्युयोर्क, २८ जेठ । माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई कोभिड पोजेटिभ भएको छ । आफूलाई कोभिडको सामान्य लक्षणहरू देखिएको उनले बताएका छन् । स्वस्थ नभएसम्म आफू अन्य व्यक्तिबाट अलग रहने अर्बपति गेट्सले बताएका छन् । ‘खोप लगाएको तथा परीक्षण र उत्कृष्ट चिकित्सा हेरचाहको पहुँचमा भएकाले म भाग्यवानी छु’, उनले ट्विट गरेका छन् । 

६५ अर्ब डलरको अनुदानसँगै सियटलमा रहेको बिल र मेलिन्डा गेट्स च्यारिटी विश्वको सबैभन्दा शक्तिशाली निजी फाउन्डेसन हो । अक्टोबरमा गेट्स फाउन्डेसनले मर्कको एन्टिभाइरल कोभिड– १९ ट्याब्लेटको ‘जेनेरिक भर्सनमा’ कम आय भएका देशहरूको पहुँच विस्तार गर्न १२० मिलियन डलर सहयोग गर्ने बताएको थियो । सन् २०१४ मा माइक्रोसफ्टका सह–संस्थापकले महामारीको चेतावनी दिएका थिए । विश्वले अर्को २० बर्षमा अर्को महामारीको सामना गर्न सक्ने गेट्सले केही समयअघि भनेका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार