ताप्लेजुङका ९५ प्रतिशत भूभागमा मोबाइल सेवा 

सोमबार, चैत २, २०७७

फुङ्लिङ । ताप्लेजुङको अन्तिम बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा गत साता नेपाल टेलिकमले मोबाइल सेवा पुनः सञ्चालन गरेसँगै ताप्लेजुङको ९५ प्रतिशत भूभागमा मोबाइल सेवा सञ्चालन भएको छ ।  टेलिकमले ओलाङचुङगोलामा स्याटलाइट प्रविधिको टावर विस्तार गरेर मोबाइल सेवा दिन थालेको नेपाल दूरसञ्चार कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख वीरेन्द्र चेम्जोङले जानकारी दिए ।  ओलाङचुङगोलामा टावर सञ्चालनमा आएसँगै ताप्लेजुङ ९५ प्रतिशत भूभागमा मोबाइल सेवा सञ्चालन भएको चेम्जोङले बताए ।  समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा अवस्थित ओलाङचुङगोला मोबाइल सेवा शुरु भएको हो । ताप्लेजुङ सदरमुकामदेखि तीन दिन पैदल हिँडेर आलाङचुङगोला पुग्न सकिन्छ । मोबाइल सेवा शुरु भएसँगै घरमै बसेर आफ्ना आफन्तहरूसँग कुराकानी गर्ने सकिने भएपछि स्थानीयवासी खुशी भएको स्थानीयवासी तेन्जिङ वालुङले बताए । 
वितगमा ओलाङचुगोलादेखि सूचाना पठाउनु प¥यो भने वडा कार्यालमा राखिएको सुविसुको इन्टरनेटको माध्यमबाट मेसेन्जरमार्फत सूचाना पठाउँदै आएको वालुङले बताए । उनले भने, ‘आफ्नै घरमा बसेर चौबिसै घण्टा आफ्ना आफन्तसँग सञ्चो विसञ्चो सोध्न सकिने भएको छ ।’  आलोङचुङगोलामा ५६ घर परिवार बसोबास छ । फक्ताङलुङ गाउँपालिका–५ रानी पुलदेखि ओलाङचुङ गोलासम्म टावर विस्तार गर्न आवश्यक सामग्रीे ९० हजारले ढुवानी खर्च फक्ताङलुङ गाउँपालिकाले गरेको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले जानकारी दिए ।  ताप्लेजुङमा घुन्सा र ओलाङचुङगोल गरी दुईवटा स्याटलाइट प्रविधिबाट हिमाली बस्तीमा मोबाइल सेवा दिइरहेको जिल्ला दूरसञ्चार कार्यालयले जनाएको छ । ताप्लेजुङको विभिन्न स्थानहरूमा २३ वटा मोबाइल टावरले सेवा दिँदै आएको दूरसञ्चार कार्यालय कार्यालय प्रमुख वीरेन्द्र चेम्जोङले बताए ।  सिदिङवा गाउँपालिका–१ कालीखोला क्षेत्रमा मोबाइल सेवाको पहुँच पुग्न बाँकी रहेको र त्यसका लागि प्रक्रिया अगाडि बढिसकेको चेम्जोङले बताए ।  यसै चालू आर्थिक वर्षमा पाथीभरा क्षेत्रमा फेदी र कालीखोला क्षेत्रमा मोबाइल टावर विस्तार हुने चेम्जोङले बताए ।– रासस
 

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  ०५:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार