डोल्पोबुद्ध गाउँपालिकाका सर्वसाधारणले मागे सुरक्षा

मंगलबार, वैशाख ६, २०७९

सुर्खेत, ६ वैशाख : उपल्लो डोल्पाका सर्वसाधारणले स्वतन्त्र रूपमा मतदान गर्नुपर्ने भन्दै सुरक्षा माग गरेका छन् । डोल्पोबुद्ध गाउँपालिकाको धो तरापमा बसेको स्थानीय र जनप्रतिनिधिको भेलाले सुरक्षाको माग गरेका हुन् ।

सयौँ युवाहरू डोल्पोबुद्धमा परिचालन गरेर निर्वाचनमा धाँधली गरी मतदान स्थल कव्जा गर्ने रणनीति सुरु भएको भन्दै सर्वसाधारणले सुरक्षाको माग गरेका हुन् ।

केही समयअघि माओवादी केन्द्रका अध्यक्षले उपल्लो डोल्पामा भ्रमण गर्दासमेत सुरक्षाकै माग गरिएको थियो । आफूहरूले कहिल्यै पनि स्वतन्त्र रूपमा मतदान गर्न नपाएको भन्दै उनीहरूले तत्काल सुरक्षा दिन जिल्लास्थित सरकारी संयन्त्रसँग माग गरेका छन् । उनीहरूले पटक पटक उपल्लो डोल्पामा लुटपाटदेखि विभिन्न अपराध हुँदै आए पनि राज्य मौन बसेकोसमेत आरोप लगाएका छन् ।

उपल्लो डोल्पाको तीन पालिकामा एकलौटी गर्दै आएको समूहले फेरि पनि स्वतन्त्र रूपमा मतदान गर्न नदिन गुण्डाहरू परिचालन गरेको जनप्रतिनिधिले बताएका छन् । अपरिचित मान्छेहरूको ठूलो समूह डोल्पोबुद्धमा प्रवेश गरेको प्रहरीले पनि स्वीकार गरेको छ । 

यता प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले सुरक्षाकर्मी परिचालनको काम सुरु भएको बताए । सुरक्षाको माग गरेको आफूसम्म आइपुगेको र सोहीअनुसार काम भएको प्रजिअ अधिकारीले बताए । २०७० सालमा धो तरापमा गोलबजारमा दुईजनाको हत्या भए पनि अहिलेसम्म न्याय नपाएको आवाज उठेको छ ।

Avatar

Avatar

Avatar

Avatar

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  ११:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार