सोसल मिडिया
Contact Us
युनिकोड
वीरगञ्ज । विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह पुनः आफ्नो पदमा बहाल भएका छन् । अदालतको निर्णयसँगै सिंहलाई नगर प्रमुखको जिम्मेवारीमा पुनःबहाली गरिएको हो ।विशेष अदालतले सिंहलाई मुद्दाबाट सफाइ दिएसँगै केही समयदेखि महानगरको नेतृत्वलाई लिएर देखिएको अन्योल अन्त्य भएको छ । सिंह पुनःबहाल भएसँगै उनका समर्थक, शुभेच्छुक तथा स्थानीयवासीले खुसी व्यक्त गर्दै बधाई र शुभकामना दिएका छन् । समर्थकहरूले अदालतको फैसलालाई ‘न्यायको जित’ का रूपमा स्वागत गरेका छन् । उनीहरूले ‘न्याय मरेको छैन, सत्यको जित भएको छ’ भन्दै न्यायमूर्तिहरूप्रति सम्मान तथा आभार व्यक्त गरे । सिंहको आगमनसँगै वीरगञ्ज महानगरपालिकाको विकास, सेवा प्रवाह र जनअपेक्षाअनुसारका काम सहज रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ । यसअघि, अर्काको छोरीलाई आफ्नै छोरी भनी नागरिकता बनाएको आरोपमा उनीमाथि मुद्दा चलेको थियो ।