ग्यासको मूल्य वृद्धिको विरुद्ध लेबनानका राजमार्ग अवरुद्ध 

शुक्रबार, पुस ३०, २०७८

बेरुत, ३० पुस । लेबनानमा ग्यासको मूल्य वृद्धिको विरुद्धमा मुख्य राजमार्गहरूमा यातायात सेवा अवरुद्ध गरिएको छ । 
ट्याक्सी र मिनि बसका चालकहरूले राजधानी बेरुत र महत्वपूर्ण सहरहरूमा आवतजावत गर्ने मुख्य राजमार्गहरू अवरुद्ध गरेका हुन् । 
ग्यासको मूल्य वृद्धि हुँदा अन्य क्षेत्रको समेत महङ्गी बढेकाले मूल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने उनीहरूको माग छ ।
साथै देशको आर्थिक अवस्थामा समेत सुधार हुन नसकेकाले सरकारले अर्थतन्त्र सुधारका कार्यक्रमहरू ल्याउनुपर्नेमा समेत उनीहरूले जोड दिएका छन् । पटकपटक विभिन्न आन्दोलन गर्दै आइरहेका ट्याक्सी तथा मिनि बस चालकहरूले स्थानीय समयअनुसार विहान ५ बजेदेखि बिहान १० बजेसम्म देशभरका मुख्यमुख्य सडकहरूमा यातायात अवरुद्ध गरेका थिए । रासस/एएनआई 
 

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  ०७:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार