थप २८० मा सङ्क्रमण पुष्टि

बुधबार, मंसिर २२, २०७८

काठमाडौँ, २२ मङ्सिर । पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १२ हजार १७४ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २३ हजार ३५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै एन्टिजेन विधिबाट परीक्षण गर्दा ९५ हजार ६८७ मा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय थप ३३६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै आठ लाख पाँच हजार ५७१ सङ्क्रमणमुक्त भएका  छन् ।

दुईको मृत्यु 

पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४५ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १।४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय दुई लाख लाख ८३ हजार १३२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार २३९ छ । हाल होम आइसोलेशनमा पाँच हजार २१३, संस्थागत आइसोलेशनमा ३२६, सघन उपचार कक्षमा ११८ र भेन्टिलेटरमा २९ जनाको उपचार भइरहेको छ ।  

सुदूरपश्चिममा थप छ जनामा सङ्क्रमण
सुदूरपश्चिम प्रदेशमा बुधबार थप  छ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ७६० जनाको नमूना परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 
आरटी पीसीआरमार्फत चार र एन्टीजेन विधिमार्फत दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा चार र एन्टीजेन विधिमार्फत कञ्चनपुरका दुई जनामा सङ्क्रमण देखिएको हो ।  
यस्तै गएको २४ घण्टामा प्रदेशभर पाँच जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । 
यसअघि मङ्गलबार यस प्रदेशमा चारमा सङ्क्रमण पुष्टि हुँदा  चार जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१० जनाको ज्यान गइसकेको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १९:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार