श्रीलङ्काको क्रिकेट रंगशालाका दुई कर्मचारीको हात्तीको आक्रमणमा परी मृत्यु

बुधबार, मंसिर २२, २०७८

कोलम्बो, २२ मङ्सिर । श्रीलङ्काको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका दुई कर्मचारीको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । रंगशालाबाट घरतर्फ गइरहेका बेला उनीहरुलाई मङ्लबार बेलुका हात्तीले आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । 
हाम्बान्तोतामा रहेको सुरियावेवा महिन्दा राजापाक्ष अन्तर्राष्ट्रिय रंगशालामा कार्यरत उनीहरु दुवै जना पुरुष हुन । उनीहरुलाई एउटै हात्तीले आक्रमण गरेको थियो । घटना भएको ठाउँ पहिलेदेखि नै हात्तीको आतंक हुने गरेको ठाउँ हो । 
जंगली तथा ग्रामिण क्षेत्रमा पर्ने घटनास्थलमा यसअघि पनि हात्ती र मानिसकाबीचमा द्वन्द्व हुने गरेको स्थानीयहरुले बताएका छन् ।
रंगशालाका कर्मचारीहरु यही महिनाको अन्त्यतिर हुने लङ्का प्रिमियर लिगको सेमि फाइनल र फाइनल खेलका लागि तयारीको कार्य गर्न जुटेका थिए ।– रासस/एएफपी 
 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १८:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार