कांग्रेस केन्द्रीय सदस्यमा रविप्रकाश राईको उम्मेदवारी घोषणा 

बुधबार, मंसिर २२, २०७८

खोटाङ, २२ मंसिर । खोटाङका कांग्रेस नेता रविप्रकाश राईले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । केही समयअघि सम्पन्न जिल्ला अधिवेशनबाट संघीय महाधिबेशन प्रतिनिधि निर्वाचित भएका राईले कांग्रेसको राष्ट्रिय महाधिवेशनमा आदिवासी जनजाति काेटाबाट केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेका हुन् ।  संस्थापन पक्षबाट जिल्ला सभापतिको आकांक्षी रहेका उनी अन्तिममा केन्द्रीय सदस्यमा उठ्ने गरी जिल्ला सभापतिको दौडबाट ‘व्याक’ भएका थिए । नेतृत्वमा युवा पुस्ताको उपस्थिति हुनुपर्ने पक्षमा निरन्तर वकालत गर्दै आएका राई २०७० सालको संविधानसभा सदस्यका उम्मेदवार पनि हुन् । हालसम्म खोटाङबाट कोही पनि कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित हुन सकेका छैनन् । 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  ११:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार