भक्तपुर र बर्दिवासमा समुदायस्तरीय घरदैलो नर्सिङ सेवा सञ्चालन हुँदै

सोमबार, मंसिर ६, २०७८

भक्तपुर, ६ मंसिर । नेपाल सरकारले पहिलो पटक समुदायस्तरीय घरदैलो नर्सिङ सेवा सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य महाशाखाले भक्तपुर नगरपालिका र बर्दिवास नगरपालिकामा घरदैलाे सेवा सञ्चालन गर्न लागेको हो ।  महाशाखाका अनुसार घरदैलाे नर्सिङ सेवाकाे पूर्व तयारीस्वरुप सम्बन्धित जिल्लामा एक हप्ते अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । भक्तपुर नगरपालिकामा प्रदेश सांसद प्रेम सुवालले कार्यक्रमको उद्घाटन गरेका छन् । उनले कार्यक्रमलाई वैज्ञानिक र प्रविधिमैत्री बनाई स्थानीय भाषामा स्थानीय नागरिकहरूसँग कुरा गर्न आग्रह गरेका छन् ।  सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गरे पनि आवश्यक रकम भुक्तानी नभएको र दीर्घरोगीहरुलाई वितरण गर्ने औषधिमा मनपरीतन्त्र लागू भएको आराेप लगाए । सो प्रवृत्ति अन्त्य गर्न अनुगमन गर्न समेत उनले आग्रह गरेका छन् ।  स्वास्थ्य विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक प्रा. गोमादेवी निरौलाले सात दिने तालिममा पहिलो दिन नगरपालिकाभित्रका जनप्रतिनिधि र बाँकी ६ दिन स्वयंसेविका तथा नर्सहरूलाई अभिमुखीकरण दिने बताइन् । तालिम सम्पन्न भएपश्चात केही दिनमा घरदैलो  नर्सिङ सेवा सञ्चालन गर्ने उनकाे भनाइ छ ।  

 

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १२:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार