दसैं तिहारको अवसरमा च्यास्मीटारमा भलिबल प्रतियोगिता 

बिहीबार, असोज २८, २०७८

खोटाङ । दसैँ तथा तिहारको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा टोलस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ । नेपाली कांग्रेसका युवा नेता एवं सर्वज्ञ रियल स्टेटका सीईओ उपेन्द्र घिमिरेको प्रायोजनमा कांग्रेस हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार वडा कार्यसमितिले भलिबल प्रतियोगिता आयोजना गरेको हो । च्यास्मीटार माविको प्रांगणमा २५-२७ असोजसम्म आयोजना गरिएको टोलस्तरीय पुरुष भलिबल प्रतियोगितामा च्यास्मीटार हुन्डाखा (बी) प्रथम, सार्पा दोस्रो, तल्लो छोर्दिपा तेस्रो र बाङमा (ए) शान्त्वना भएको आयोजक कांग्रेस हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार वडा कार्यसमितिका सभापति महेश अधिकारीले बताए ।  विजेता समूहलाई क्रमशः १५ हजार १५, १३ हजार १३, १० हजार १० र ५ हजार ५ रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि गैरा जोरसिमलका ज्योती राई, बेष्ट स्पाइकरको उपाधि हुन्डाखाका दिनेश राउत र बेष्ट लिफ्टरको उपाधि सार्पाका जापान राईले जितेका छन् । प्रोत्साहित खेलाडीको उपाधि हुन्डाखाका केदार अधिकारीलाई प्रदान गरिएको आयोजकले जनाएको छ । उनीहरुलाई मेडलका साथमा प्रमाण–पत्र प्रदान गरिएको छ ।  विजेता टिम तथा खेलाडीलाई सर्वज्ञ रियल स्टेटका सिईओ घिमिरे, घिमिरे पत्नी रुकमणी मगर घिमिरे, कांग्रेस वडा कार्यसमितिका सभापति अधिकारी, अध्यापक एवं शिक्षासेवी शैलेसकिरण चाम्लिङलगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । प्रतियोगितामा वडाका १८ टिमको सहभागिता रहेको थियो ।  कार्यक्रममा कांग्रेस युवा नेता घिमिरेले साविक ९ वडालाई एक/एक थान भलिबल प्रदान गरेका छन् । च्यास्मीटारमा दशैं तथा तिहारको अवशरमा हरेक वर्ष भलिबल प्रतियोगीता सञ्चालन गर्ने गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८  ०७:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार