देउवाका दुःख : पहिले ६४, अहिले १९ 

शुक्रबार, असोज २२, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सरकार गठनको ८८औँ दिनमा उनले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । गत २८ असारमा प्रधानमन्त्री बनेका देउवाले ८८औँ दिनमा मन्त्रिपरिषदुलाई पूर्णता दिँदा विवादरहित बन्न सकेनन् । २०७४ सालमा जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै विवादमा परेका देउवा अहिले गैरसांसद गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाएकोमा आलोचित भएका छन् । नाताले जेठान पर्ने भनिएका गैरसांसद हमाललाई मन्त्री बनाएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भइरहेको छ ।  २४ जेठ २०७४ मा गठन भएको र अन्तिम पटक ३१ असोज २०७४ मा पुनर्गठन गरिएको मन्त्रिपरिषद्लाई तत्कालीन प्रधानमन्त्री देउवाले ६४ सदस्यीय बनाएर विवादमा परेका थिए । शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा गैरसांसद हमाललाई मन्त्री बनाएका देउवाले मन्त्रीको सूचीमा उनलाई १९औँ नम्बरमा राखेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १६:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार