नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण साँझ ५ बजे

शुक्रबार, असोज २२, २०७८

काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शुक्रबार साँझ ५ बजे पद तथा गोपनियताको शपथ ग्रमण कार्यक्रम छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको ८८औँ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिँदै मन्त्रीहरूलाई नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण शुक्रबार साँझ ५ बजे हुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । ‘साँझ ५ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय भएको छ’, राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले न्युज कारखानालाई बताए । 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार