को हुन् मन्त्री बनेका गजेन्द्र हमाल ?

शुक्रबार, असोज २२, २०७८

काठमाडाैँ । काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विस्तार गरेको मन्त्रिपरिषद्मा एक जना गैरसंसाद मन्त्री भएका छन् । नेपालगञ्जका कांग्रेस नेता गजेन्द्र हमाल प्रधानमन्त्रीको रोजाईमा परे । उनी प्रतिनिधि सभाका सांसद होइनन् । सांसद नरहेका हमाललाई प्रधानमन्त्री देउवाले मन्त्री बनाए । संविधानको व्यवस्थाअनुसार सांसद नरहेको व्यक्ति छ महिनासम्म मन्त्री हुन पाउँछ।  हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको कोटामा मन्त्री बनाउन लागेको चर्चा चलेको थियो। हमाल प्रधानन्यायाधीश राणाका नातेदार रहेको बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १५:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार