प्रतिनिधिसभाको बैठक २५ असोजमा 

शुक्रबार, असोज २२, २०७८

काठमाडौं । प्रतिनिधिसभाको बैठक यही २५ असोजमा बस्ने भएको छ । शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक २५ असोज सोमबार बस्ने जानकारी दिएका हुन् । शुक्रबारको बैठक संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव स्वीकृत गरेको छ । साथै बैठकले रेल्वे विधेकय २०७६ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्तावलाई पनि बहुमतले स्वीकृत गरेको छ ।  

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १३:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार